Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

उपत्यकासहित देशभर वर्षा : ८ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउनुपर्ने


सूचना कुण्ड
उपत्यकासहित देशभर वर्षा : ८ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउनुपर्ने

काठमाडौँ, असोज ८ :  बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको छ । वर्षासँगै काठमाडौँका सडक, चोक तथा बजार क्षेत्रमा सर्वसाधारणको दैनिकी  जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि ११ गतेसम्मका लागि चार दिने मौसम चेतावनी जारी गर्दै देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएको छ । महाशाखाका अनुसार असोज ९ र १० गते देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको जोखिम रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएको छ ।

असोज ९ गते बागमती, मधेश तथा कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावनासहित ‘रेड अलर्ट’ जारी गरिएको छ । असोज १० गते भने भारी वर्षाको प्रभाव पश्चिमतर्फ सर्ने र कर्णाली, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशमा उच्च जोखिम रहने महाशाखाको प्रक्षेपण छ ।

भारी वर्षाका कारण नदीमा जल सतह बढ्नुका साथै बाढी, डुबान, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

महाशाखाका अनुसार बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेस प्रदेशको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । 

हाल देशभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । यी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक, दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । 

शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend