Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

स्याउ ढुवानीमा समस्या


सूचना कुण्ड
स्याउ ढुवानीमा समस्या

बाजुरा , असोज ६ : बाजुराको मार्तडी–कोल्टी सडक सुचारु नहुँदा किसानलाई स्याउ ढुवानीमा समस्या भएको छ । जिल्लाको पूर्वी उत्तर क्षेत्रको मार्तडी–कोल्टी सडक विगत पाँच महिनादेखि अवरुद्ध हुँदै गरेपछि यहाँको पाण्डुसैनका किसानलाई स्याउ ढुवानीमा समस्या भएको हो । 

मार्तडी–कोल्टी सडक सुचारु नहुँदा अहिले स्याउ बजार सम्म लान निकै समस्या हुने गरेको बुढीनन्दा नगरपालिका –९ का स्थानीय मानबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो ,“ गत भदौ १५ गते देखि स्याउ टिप्न सुरु गथ्र्यो । अहिले असोज महिनासम्म पनि स्याउ टिपेका छैन । त्यो स्याउ सबै बारीमा थन्किएका छन् ।” 

बाटोको पखाईमा स्याउ पाकेर झर्न थालिसके तर यता बाटो खुल्ने नखुल्ने भन्ने बारे केही अत्तो पत्तो नलागेको रावतले बताउनुभयो । 

जिल्लाको हिमाली, स्वामिकार्तिक खापर , जगानाथको स्याउ कर्णाली करिडोर हुँदै सुर्खेत नेपालगञ्ज जाने गरेको भएपनि यता पाण्डुसैनको स्याउ ढुवानीका लागि भने मार्तडी–कोल्टी सडक नै सुचारु हुने पर्ने अवस्था छ । 

स्याउ बिक्री गर्दै दशैँ तिहार खर्चको जोहो गर्ने योजना बनाएका यहाँका स्याउ किसानलाई स्याउ ढुवानी गर्न समस्या भएपछि अहिले उनीहरु चिन्तामा परेका छन् । 

गत भदौको १५ गतेदेखि पाक्न सुरु भएको स्याउ बजारमा नपुग्दै बारीमा कुहिने हो की भन्ने यहाँका किसानलाई चिन्ता परेको हो । 

यता हिमाली स्वामिकार्तिक र जगनाथका किसानले भने एक करोड भन्दाबढीको स्याउ बिक्री गरिसकेका छन् । कर्णाली करिडोर हुँदै देशका विभिन्न सहरमा लिएर स्याउ बिक्री गरेपछि उहाँहरुले करोडौँ आम्दानी गर्नुभएको हो ।

अविरल वर्षाका कारण मार्तडी–कोल्टी सडक सुचारु गर्त समस्या भएको छ । यता अर्को बाउली खोलाको पुन चाँडो निर्माण नहुँदा पनि सडक पूर्ण रुपमा सुचारु गर्न समस्या हुने गरेको भौतिक पूर्वाधार विकास कार्यालय, अछामका जङ्गबहादुर थापाले बताउनुभयो । 

यता बाउली खोलामा पक्की पुल निर्माणका लागि २०७८ कात्तिक १५ गते धनगढीस्थित टीडीआर–जुगलकौशिक जेभीसँग पाँच करोड ५८ लाख ८८ हजार २७० रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

सम्झौताअनुसार पुल २०७९ फागुन १५ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो ।  समयमै काम नसकिएपछि सडक डिभिजन कार्यालय अछामले २०८२ फागुन ३० गतेसम्म म्याद थप गरेको थियो । तर थपिएको म्यादमा पनि निर्माण सम्पन्न भएन । 

सो कम्पनीले १ करोड ५५ लाख भुक्तानी लिइसेको छ । काम भने अँझै सम्पन्न नभएको सडक सडिभिजन कार्यालय, अछामका इन्जिनियर सुभाष शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “ पहिलाको कम्पनीले काम छोडेर गइसकेको छ । अहिले  कसिम्म निर्माण सेवा मङ्गलसैनले सो पुलको निर्माणको काम सुरु गरेको छ । ”


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend