Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

यसरी टुँडिखेलमा मनाइयो संविधान दिवस


सूचना कुण्ड
यसरी टुँडिखेलमा  मनाइयो संविधान दिवस

काठमाडौँ, असोज ३ : संविधानसभाबाट नयाँ संविधान जारी भएको ११ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको नेपालको संविधान जारी भएको थियो । हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

संविधान दिवसको अवसरमा शनिबार संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत सहभागी हुनुभएको छ ।समारोहमा नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले मार्चपास गरेका थिए भने शान्तिको प्रतीक परेवासमेत उडाइएको थियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend