Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

कृष्णभिरबाट आए बुलेट, सिलिन्डर र ट्याङ्कर


सूचना कुण्ड
कृष्णभिरबाट आए बुलेट, सिलिन्डर र ट्याङ्कर

चितवन,भदौ ३१ : पृथ्वी राजमार्गको कृष्णभिरबाट मङ्गलबार चार वटा एलपी ग्यास बुलेट र २५ वटा भरिएका सिलिन्डर बोकेका ट्रक पार भएका छन् । कृष्णभिरमा भदौ १४ गते यो राजमार्ग भासिएपछि यातायात अवरुद्ध भएको थियो । 

नयाँ सडक खोलेर दुई दिनअघि अत्यावश्यक सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक सवारीसाधन भने मङ्गलबार पहिलो पटक छाडिएको हो । भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाडौँ पुग्न नसक्दा काठमाडौँमा ग्यास अभाव भएको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा साँझ चार वटा बुलेट, ग्यासका सिलिन्डर भरिएका २५ वटा ट्रक, ४० वटा पेट्रोलियम पदार्थ भरिएको ट्याङ्रले कृष्णभिर पार गरेको जानकारी दिनुभयो । 

पृथ्वी राजमार्ग बिहीबारदेखि नियमित सञ्चालनमा ल्याउने तयारी सडक विभागले गरिरहेको छ । कृष्णभिरबाट ग्यास बुलेट काठमाडौँ जान लागेसँगै काठमाडौँमा देखिएको ग्यास अभाव क्रमशः कम हुँदै जाने अपेक्षा उद्योगीले गरेका छन् ।   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend