Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

भोटेकोशी बाढी : ३ हजार १ सय ३२ डीएनए नमुना संकलन


सूचना कुण्ड
भोटेकोशी बाढी : ३ हजार १ सय ३२ डीएनए नमुना संकलन

काठमाडौँ भदौँ २८ :  रसुवाको भोटेकोशी बाढीपहिरोमा परी मृत्यु भएकाहरूको र उनीहरूका आफन्तको गरी अहिलेसम्म ३ हजार १ सय ३२ डीएनए नमुना संकलन भएको छ ।

नेपाल प्रहरीका अनुसार शवबाट १ हजार २ सय ८६ र वेपत्ताका आफन्तबाट १ हजार ८ सय ४६ गरी यो संख्यामा डीएनए नमुना संकलन गरिएको हो ।

भोटेकोशी बाढीमा पहिचान नखुलेका शवको संख्या धेरै भएकाले सनाखत चुनौतीपूर्ण बनेको छ। पहिचानका लागि आफन्तको रगत तथा शवबाट डीएनए नमुना संकलन  गरेर परीक्षण भइरहेको छ । 

बाढीपहिरोमा परी मृत्यु भएका ८ सय ७६ जनाको शव फेला परेको छ। तीमध्ये ५ सय ४२ पुरुष र ३ सय ३४ महिला छन् ।

हालसम्म १ हजार ३ सय ८८ जनाको मुचुल्का गरिएको छ भने १ सय ३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।

१ हजार २ सय ३० शवलाई भने जमिनमुनि सुरक्षित राखिएको छ। डीएनए म्याच भएपछि कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइनेछ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend