Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

विशेष तालिमप्राप्त कुकुर  खोज कार्यमा : २० जनाको शव तथा अवशेष फेला


सूचना कुण्ड
विशेष तालिमप्राप्त कुकुर  खोज कार्यमा  : २० जनाको शव तथा अवशेष फेला

काठमाडौँ, भदौ २५ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोज कार्यमा खटिएको तालिमप्राप्त ल्याब्राडोर जातको कुकुर  ‘साम्बा’ १५ दिनमा २० वटा शव फेला पारेको छ ।

विशेष तालिमप्राप्त कुकर साम्बासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा निरन्तर खटेर २० जनाको शव तथा अवशेष फेला पारेको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल नेपालका हवल्दार सिताराम कोइरालाले बताउनुभयो ।  

प्रहरी तथा सुरक्षा निकायको संयुक्त उद्धार टोलीले साम्बालाई बाढीबाट अति प्रभावित क्षेत्र रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, घट्टेखोला र बेत्रावती क्षेत्रमा परिचालन गरेको थियो। कठिन भौगोलिक अवस्थामा साम्बाले आफ्नो तीव्र सुँघ्ने क्षमताको प्रयोग गरी शव पत्ता लगाएको सुरक्षाकर्मीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend