Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गएराति को भूकम्पले मुस्ताङको लोमन्थाङमा केही घर भत्किए


सूचना कुण्ड
गएराति को भूकम्पले मुस्ताङको लोमन्थाङमा केही घर भत्किए

काठमाडौँ, भाद्र २४ : गएराति   गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार वडा नम्बर ३ मा केही घर भत्किएको र चर्किएको पाइएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा लोमन्थाङ आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का मुस्ताङका आसपासका जिल्लासहित काठमाडौंमा समेत महसुस भएको थियो । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन । उहाँले भन्नुभयो, “ मानवीय क्षति भएको छैन । भौतिक संरचनामा के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ । एकीकृत विवरण आइसकेको छैन । लोमन्थाङमा केही घरहरू भत्किएको खबर छ । ” जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामचन्द्र तिवारीले लोमन्थाङमा प्राय: माटोका घरहरू भएकाले चर्किएको जानकारी दिनुभयो  । उहाँले भन्नुभयो,“'स्थानीय जनप्रतिनिधिहरूसँग प्रहरी टोली फिल्डमै खटिएर क्षतिको विवरण संकलन गरिरहेको छ । कोही घाइते भएको खबर छैन । ”

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार लोमन्थाङ-३ फुवा गाउँमा मान्छे नबस्ने एउटा घर भत्किएको छ । त्यस्तै एउटा गुम्बाको पर्खाल र एउटा विद्यालयमा समेत क्षति पुगेको छ । '” वडा नम्बर ३ मा धेरै घर चर्किएका छन् । १,२, ४ र ५ नम्बर वडामा पनि घरहरू चर्किएका छन् । करिब ४/५ सय घरहरू चर्किएका छन् होला,”अध्यक्ष गुरुङले भन्नुभयो,“धेरै घरहरू बस्न नमिल्ने गरी चर्किएका छन् ।” 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend