Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

निर्वाचनमा विदेशमा रहनुभएका मतदाताको सहभागिता सुनिश्चित गर्न छलफल


सूचना कुण्ड
निर्वाचनमा विदेशमा रहनुभएका मतदाताको सहभागिता सुनिश्चित गर्न छलफल

काठमाडौँ, भदौ २४ :  नेपालमा आफ्नो अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ।

छलफलमा नीति अनुसन्धान प्रतिष्ठान , नेपाल पोलिसी इन्स्टिच्युट , विश्वविद्यालयका अध्येता रअनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासंघ , ब्लकचेन एसोसिएसन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ, विद्युतीय मतदान मेसिन (इभीएम) विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता रहेको थियो।

कार्यक्रममा हुलाक मतदान, प्रतिनिधिमार्फत मतदान, इभीएम र भिभिप्याट, इन्टरनेट मतदान तथा सूचना प्रविधि–सहयोगी हुलाक मतदान लगायतका सम्भावित विकल्प एवं तिनका अवसर, चुनौती र कार्यान्वयनका पूर्वशर्तबारे छलफल गरिएको थियो।

त्यसैगरी, मतदाता पहिचान तथा प्रमाणीकरण, एक व्यक्ति–एक मत, मतपत्रको गोपनीयता, साइबर तथा सूचना प्रविधि सुरक्षा, प्रणालीको विश्वसनीयता तथा लेखापरीक्षण, लागत, मतदाता शिक्षा, जनशक्ति, परीक्षण र चरणबद्ध कार्यान्वयन लगायतका विषयमा विज्ञहरूको अनुभव, धारणा र सुझाव लिइएको थियो।

कार्यक्रममा आयोगका  निर्वाचन आयुक्त डा. राजीव सुब्बाले विदेशमा तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताको मतदानमा सहभागिता सुनिश्चित गर्ने आवश्यकता, सम्भावित मतदानका विभिन्न मोडेल तथा अन्तर्राष्ट्रिय अनुभवका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणमा आधुनिक मतदान प्रविधि, इभीएम र भिभिप्याट, इन्टरनेट मतदान तथा बङ्गलादेशमा प्रयोग भएको सूचना प्रविधि–सहयोगी हुलाक मतदानका अनुभवसमेत समेटिएका थिए।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend