Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बाढीका कारण हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज खोप पठाइयो


सूचना कुण्ड
बाढीका कारण हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज खोप पठाइयो

काठमाडौं, भदौ २१  : बाढीका कारण हैजाको जोखिम बढेपछि रसुवामा  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend