Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से ८.८१ अंकले बढ्यो, तीन अर्ब ७२ करोडको कारोबार


सूचना कुण्ड
नेप्से ८.८१ अंकले बढ्यो, तीन अर्ब ७२ करोडको कारोबार

काठमाडौं,   साउन २८ :  नेपाल स्टक एक्सचेन्ज आजको  कारोबारमा ८.८१ अंकले बढेको छ । योसँगै सेयर बजार परिसूचक २६५१.२१ विन्दुमा उक्लिएको छ ।

बजारसँगै १७१ कम्पनीको सेयर मूल्य बढेको छ । ८६ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यस दिन तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड दुई लाख २५ हजार कित्ता सेयर ४५ हजारपटकमा खरिद–बिक्री भएको हो ।

सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा ‘सर्किट ब्रेक’ लागेको छ । सुपर खुदी, घेलम्दी हाइड्रो, सीवाईसी नेपाल लघुवित्तलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगततर्फ लगानी र म्युचअल फन्ड घट्दा बाँकी समूह बढेका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend