Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

देवानगञ्ज घटनामा संलग्नताको आरोपमा पाँच जना पक्राउ


सूचना कुण्ड
देवानगञ्ज घटनामा संलग्नताको आरोपमा पाँच जना पक्राउ

सुनसरी  साउन २४ : सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले दिनुभएको जानकारी अनुसार घटनामा संलग्न भएको हुनसक्ने आशंकामा सनिबार पाँच जनालाई पक्राउ गरेको हो ।

डिजे काण्डदेखि गोलीकाण्डसम्ममा र त्यस पछिल्लो परिस्थितिमा विभिन्न तोडफोडमा संलग्न भएको हुनसक्ने आशंकामा नेपाल–भारत सीमा पार गर्ने क्रममा चार जना र सीमावर्ती क्षेत्रमा लुकिछिपि बसेका एक जनालाई पक्राउ गरि सोधपुछ र अनुशंधान प्रारम्भ गरेको जानकारी दिनु भएको छ ।

यस्तै, घटनामा संलग्न घटनाबारे थप अनुसन्धान तथा पक्राउ परेकाहरूको संलग्नताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend