Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द


सूचना कुण्ड
सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ, साउन १२ :  चिकित्सकमाथि कुटपिट भएको घटनापछि आज देशभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छन् ।

नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गरी मंगलबार देशभरि नै आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरे प्रश्चात देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका हुन् ।  

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोड भएको थियो। आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी घाइते भएका थिए। घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्न संघले माग गरेको छ।

संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने घोषणा समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend