Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

इलामको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला


सूचना कुण्ड
इलामको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला

इलाम, साउन १० : इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ ।

माइजोगमाई गाउँपालिका वडा नं.६ र वडा नं.२ को सीमावर्ती क्षेत्र थुम्के रानी क्षेको समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु फेला परेको हो ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष तथा वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवासले अध्ययन तथा खोज अनुसन्धानका क्रममा उक्त भालु भेट्टाएर क्यामरामा कैद गर्न सफल हुनु भएको हो ।

आइतबार बिहानै चरा तथा वन्यजन्तुको खोजी गर्ने क्रममा उक्त भालु भेटिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले जानकारी दिनुभयो ।खरेल र खवास विगत दुई दिनदेखि उक्त क्षेत्रमा चरा तथा वन्यजन्तुको खोज, अध्ययन र अभिलेखीकरणमा संलग्न रहनु भएको छ ।

हिमाली क्षेत्रमा पाइने कालो भालुको प्रत्यक्ष अवलोकन तथा तस्बिर कैद हुनु जैविक विविधता संरक्षण र वन्यजन्तुको उपस्थितिको महत्वपूर्ण प्रमाणका रूपमा लिइएको खरेलले बताउनुभयो ।हिमाली कालो भालु नेपालको पूर्वदेखि पश्चिम सम्मका वन क्षेत्रमा पाइने गरिएको वन्यजन्तु संरक्षणकर्मीको दावी छ । 

विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, लाङटाङ क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, धौलागिरि र अन्य मध्य तथा उच्च पहाडी वनमा कालो भालु पाइने गरेको छ ।कोलो भालु सामान्यतया १,५०० देखि ४,००० मिटर उचाइ सम्मका वन क्षेत्रमा बसोबास गर्छ।

गर्मीयाममा माथिल्लो क्षेत्रमा र जाडोयाममा तल्लो क्षेत्रमा झर्ने प्रवृत्ति उक्त जनावरमा हुने गर्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले हिमाली कालो भालुलाई सङ्कटापन्न सुचीमा राखेको छ ।उक्त क्षेत्रमा विभिन्न प्रजातिका चरा समेत भेटिएको खरेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend