Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट ८६० नेपालीको उद्धार


सूचना कुण्ड
कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट ८६० नेपालीको उद्धार

काठमाडौं, साउन ८  :परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट ८६० नेपालीको उद्धार गरिएको जनाएको छ ।

दक्षिणपूर्वी एसियाअन्तर्गत कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा ठगिन पुगेका उनीहरूलाई उद्धार गरी स्वदेश फर्काइएको हो ।

“हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट ८६० जना नेपालीको उद्धार गरिएको छ । तीमध्ये ७३३ जना कम्बोडियाबाट, ११३ जना म्यानमबारबाट, आठजना लाओसबाट र ६ जना थाइल्यान्डबाट उद्धार गरिएको हो,” शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भन्नुभयो । 

विभिन्न कसुरमा कम्बोडियाका जेलमा हाल ४९ नेपाली रहेका उनले जानकारी दिए । उनीहरूका निम्ति आवश्यक कानुनी सहायतालगायत समन्वय थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासबाट भइरहेको उहाँले बताउनुभयो  ।

उहाँले  भन्नुभयो ,“उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जानेक्रम नरोकिएको, केही नेपालीको फिर्तीको लागि प्रक्रिया पूरा भए पनि उहाँहरू नफर्केको पाइएको छ ।” 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend