Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

६ दिन लगातार बढेको नेप्से १३.९५ अंकले घट्यो


सूचना कुण्ड
६ दिन लगातार बढेको नेप्से १३.९५ अंकले घट्यो

काठमाडौँ  साउन ६:  सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १३.९५ अंकले घटेको छ । अघिल्ला ६ कारोबार दिनलगातार बढेको नेप्से बुधबार भने दोहोरो अंकले घटेको हो । अघिल्ला दिनको तुलनामा ०.५१ प्रतिशत घटेर समग्र नेप्से २ हजार ७ सय १२.५४ अंकमा ओर्लेर बन्द भएको छ ।

बुधबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो भने १९३ कम्पनीको घट्यो । तर, सो दिन ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सो दिन कुल ५६ हजार ९४ पटकको कारोबारमा १ करोड १३ लाख ६२ हजार ४ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । मंगलबार ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend