Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सेयर बजार १४ अंकले बढ्यो, चार अर्ब १६ करोडको कारोबार


सूचना कुण्ड
सेयर बजार १४ अंकले बढ्यो, चार अर्ब १६ करोडको कारोबार

काठमाडौँ,  असार ३१ :  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको  छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर रु चार अर्ब १७ करोड तीन लाख ९८ हजार ४९ मूल्यमा खरिद बिक्री भएको छ । 

आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ भने अर्को एक उपसमूह स्थिर रह्यो । आज १९५ कम्पनीको सेयर बढ्यो भने  ६० कम्पनीको सेयर घट्यो । 

त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एनएमबी डिबेञ्चर, नारायणी विकास बैँक र थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था, एनआइविएल स्टेबल फन्ड र एनआइसी एसिया सेलेक्ट फन्डका लगानीकर्ताले आज गुमाएका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend