Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

चार पटककको विश्वकप विजेता जर्मनीलाई हराएको खुसीयालीमा पाराग्वेमा राष्ट्रिय बिदा


सूचना कुण्ड
चार पटककको विश्वकप विजेता  जर्मनीलाई हराएको खुसीयालीमा पाराग्वेमा राष्ट्रिय बिदा

काठमाडौँ, असार १६ : चार पटककको विश्वकप विजेता जर्मनीलाई हराएर फिफा विश्वकप–२०२६ को प्रिक्वार्टर फाइनलमा स्थान बनाएको खुसीयालीमा पाराग्वेमा मङ्गलबार राष्ट्रिय बिदा दिइएको छ । 

अमेरिकाको बोस्टन रङ्गशालामा मङ्गलबार बिहान भएको राउन्ड अफ ३२ को खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

छनोट चरणमै ब्राजिल र अर्जेन्टिनाजस्ता बलिया टोलीलाई हराएर विश्वकप यात्रा तय गरेको पाराग्वेले यसपटक समूह चरणदेखिनै आक्रामक प्रदर्शन गरिरहेको छ । 

निर्धारित ९० र अतिरिक्त समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुग्दा नजिता पाराग्वेको पक्षमा परेको थियो । पेनाल्टीमा पाराग्वेका माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले गोल गर्नुभयो ।

जर्मनीका लागि कप्तान जोसुआ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले मात्र गोल गर्न सक्नुभयो । अन्यको प्रहारलाई पाराग्वेका गोलरक्षकले विफल पारिदिनुभयो ।

यस ऐतिहासिक जितपछि पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले देशभर राष्ट्रिय बिदा घोषणा गर्नुभएको हो । जारी विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको पाराग्वेले उत्कृष्ट तेस्रो टोलीको रूपमा अन्तिम ३२ मा पुगेको थियो ।

समूहमा पाराग्वे अमेरिकासँग २–१ ले पराजित भएको थियो । यस्तै टर्कीलाई १–० गोलले हराएको पाराग्वेले अष्ट्रेलियालाई गोल रहित बराबरीमा रोकेको थियो ।

फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिता अन्तर्गत राउन्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । 

अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । 

जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६ औँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।  खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रिएल माटिनेलीले निर्णायक गोल गरेपछि जापानलाई २–१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

अन्तिम १६ मा ब्राजिलले आइभरी कोस्ट र नर्वे बिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend