Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सेयर बजार निरन्तर ओरालो


सूचना कुण्ड
सेयर बजार निरन्तर ओरालो

काठमाडौं ,असार ४ : निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक २७०० विन्दुमा झरेको छ । बजार बिहीबार ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको हो ।

बजार घट्दा ७८ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यसदिन तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । ७७ लाख ४३ हजार ३० कित्ता सेयर ४१ हजार १०४ पटकमा किनबेच भएको छ ।एपोलो हाइड्रो, सोपान फर्माटिकल्स, आत्मनिर्भर लघुवित्त, बुंगल हाइड्रो, भुजुङ हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, म्युअचल फन्ड र व्यापार समूह बढेका छन् । अन्य समूह घटेका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend