Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन


सूचना कुण्ड
नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन

काठमाडौँ, जेठ २५ : नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन बनेको छ ।

सिङ्गापुरस्थित सिङ्गा ओभल मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले हरायो । नेपालले अपरािजत रहँदै उपाधि जितेको हो । 

वर्षाले प्रभाविक खेलमा हङकङले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय १४ रन बनाउँदा भारी वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लुईस प्रणाली (डिएलएस) का आधारमा विजेता बनेको हो । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनब नाउनुभयो । उहाँले ४० बलमा आठ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । रोहितकुमार पौडेलले ३५ रन बनाउनुभयो । बलिङमा हङकङका आयुश शुक्ला र इशान खानले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो । 

हङकङका लागि अशुंमन रथले सर्वाधिक ८० रन बनाउनुभयो । उहाँले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै सहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाउनुभयो ।

बलिङमा नेपालका शेर मल्लले चार विकेट लिनुभयो । करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकट लिनुभयो । शेर मल्ल प्लेयर अफ दी म्याच हुनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend