Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता : नेपालले ओमानलाई आठ विकेटले हरायो


सूचना कुण्ड
एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता :  नेपालले ओमानलाई आठ विकेटले हरायो

काठमाडौँ, जेठ २४ : नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हरायो । नेपालले यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ । 

जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाउनुभयो ।

उहाँले २६ बलमा सात चौका र एक छक्का हान्नुभयो । ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाउनुभयो । बलिङमा ओमानका  समिर ओथामनले दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाउनुभयो । जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोड्नुभयो । 

बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

पराजित ओमानले पनि यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ । उपाधिका लागि नेपालले मलेसिया र हङकङबिचको सेमिफाइनल विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend