Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अर्घाखाँचीको दुर्गाफाँट कुडुलेमा बस दुर्घटना


सूचना कुण्ड
अर्घाखाँचीको  दुर्गाफाँट कुडुलेमा बस दुर्घटना

काठमाडौँ, वैशाख २९  :  अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका क्रममा मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका–१९ निवासी ७८ वर्षीया राममाया बस्नेत रहनुभएको छ । अन्य मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पर्वतबाट अर्घाखाँचीस्थित सुपा देउराली दर्शनका लागि आएको ग १ ख ५०४ नम्बरको बस फर्कने क्रममा अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते भएकामध्ये २० जनाको पाल्पा र ६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइतेको उद्धारपछि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend