Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल ‘ए’ ले जित्यो एकदिवसीय अभ्यास श्रृंखला


सूचना कुण्ड
नेपाल ‘ए’ ले जित्यो एकदिवसीय अभ्यास श्रृंखला

काठमाडौं, वैशाख २७ :  स्कटल्यान्डलाई अन्तिम खेलमा डीएलएस प्रणालीका आधारमा नौ रनमा पराजित गर्दै नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिका सम्मिलित एकदिवसीय अभ्यास श्रृंखला जितेको छ ।

नेपाल ‘ए’ ले चारमध्ये तीन खेल जित्दै श्रृंखला जितेको हो । घरेलु टोलीले पहिलो खेलमा स्क्टल्यान्डलाई ४५ र दोस्रो खेलमा अ‍ेमरिकालाई तीन विकेटले पराजित गर्‍यो । शनिबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा घरेलु टोलीबीचको खेल वर्षाका कारण ३४.५ ओभरमा बिचैमा रोकिएको थियो ।

यो स्थितिमा स्कटल्यान्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले चार विकेट गुमाएर २०४ रन बनाएको थियो । यसपछि, डिएलएस प्रणालीका आधारमा अम्पायरले लक्ष्यलाई १९५ रनमा छोट्याएका थिए । जसमा अनुसार नेपाल नौ रनले विजयी भएको हो ।

नेपालको जितमा अविजित रहेका सन्दीप जोराले ८३ रनको अर्धशतकीय पारी खेले । सन्दीपले ९४ बलमा नौ चौका प्रहार गरे । ओपनर तृतराज दासले २४ बनाए । बसिर अहमदले २० रन बनाउँदा ओपनर मयन यादवले १२ रन बनाए । 

स्कटल्यान्डका ब्राडली करी, मार्क वाट, ओलिभर डेविडसन र माइकल लिस्कले समान एक विकेट लिए । त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले घरेलु टोलीविरुद्ध निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो । 

स्कटल्यान्डको निम्ति ओपनर जर्ज मुन्सेले ६२ रनको अर्धशतकीय पारी खेले । मुन्सेले ५१ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । अविजित रहेका माइकल इंग्लिसले ५६ रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतकीय पारी खेले । इंग्लिसले ५७ बलमा तीन छक्का प्रहार गरे ।

रिची बेरिंटनले ४० रन बनाए । ब्रान्डन म्याकमुलेन ३९ जोडे । ज्यका ग्रिभिस र ओपनर फिन्ले म्याकक्रिथले समान ३० रन बनाउँदा म्याथ्यु क्रसले २५ रन बनाए ।  

yakdiwas.jpg
undefined

नेपालका आकाश चन्दले तीन विकेट लिँदा शेर मल्ल, विपिन खत्री, पवन सराफ र कुशल मल्लले समान एक विकेट लिए । 

अब नेपाल ‘ए ’ ले श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग खेल्ने तालिका छ । क्रिकेट विश्वकव लिग २ को पूर्वसन्ध्यामा यो प्रतियोगिता आयोजना गरिएको हो । आगामी सोमबारदेखि अमेरिका, स्कटल्यान्ड र नेपालले लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने तालिका छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend