काठमाडौँ, वैशाख २४ : धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार,आज बिहान ११ः१४ बजे धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि, चैत २२ गते कास्कीको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
