Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अव सांसदले विद्युतीय हाजिर गर्नुपर्ने : बायोमेट्रिक विवरण सङ्कलन शुरु


सूचना कुण्ड
अव सांसदले विद्युतीय हाजिर गर्नुपर्ने : बायोमेट्रिक विवरण सङ्कलन शुरु

काठमाडौँ, वैशाख २४ :  सङ्घीय संसद्का सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य शुरु भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीबारबाट सो कार्य सुरु भएको हो ।

अहिले सङ्घीय संसद्का विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समितिका सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य सकिएको छ ।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिका सांसदको सो विवरण सङ्कलनको काम भइरहेको पनि सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समितिको उक्त विवरण सङ्कलन गरिनेछ ।

त्यस्तै वैशाख २८ गते सोमवार सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदको उक्त विवरण सङ्कलन गरिने पनि सङ्घीय संसद् सचिवालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend