Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना


सूचना कुण्ड
आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, वैशाख १९ : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । 

आज शनिबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि आइतबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । 

पर्सी सोमबार कर्णाली प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend