Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जिप दुर्घटनामा २० जनाको निधन


सूचना कुण्ड
जिप दुर्घटनामा  २० जनाको निधन

रुकुम पश्चिम, वैशाख १८ : तिर्थयात्राको लागि बिहीबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना भने उपचारपछि घर फर्किएका छन् ।

हिजो दिउँसो रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा लु. १ ज. ४१६७ नम्बरको जीप भीरबाट ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । यात्रुहरू सबै रुकुम पूर्वको रुकुमकोटबाट गएका थिए । उनीहरू रुकुम पूर्व र केही दाङ जिल्लाका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र  ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

यसैगरी दाङको शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने गाउँपालिका ५ मा बस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वको भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुक्मिना बस्नेत रहेका छन् ।

त्यसैगरी मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया विष्ट रहेका छन्।

जलजलामा लाग्ने धार्मिक मेलामा सहभागी हुन जाने क्रममा दुर्घटना भएको बताइएको छ । जिपको छतमा बसेका सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय समीर कामी भने हाम फालेर जोगिनुभएको छ। 

थवाङस्थित पालिका अस्पतालमा उपचारपछि जिल्ला अस्पताल रुकुम पूर्व ल्याइएका उहाँ उपचारपछि घर फर्कनु भएको छ । दुर्घटनाको छानबिनका लागि सरकारले एक समितिसमेत बनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend