Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा पौडेल नियुक्त


सूचना कुण्ड
सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा पौडेल  नियुक्त

काठमाडौँ, वैशाख १४  : सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नियुक्त गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नेगरी सूचीकृत गर्ने निर्णय पनि गरेको छ । उहाँले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिष्पर्धा गरी व्यापारिक कारोबार गर्ने निकायको सूचीमा सूचीकृत गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, भन्सार नियमावली २०८३ स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको सशस्त्र  प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय भएको छ ।”

बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend