Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष गोल्छा पक्राउ


सूचना कुण्ड
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष गोल्छा पक्राउ

काठमाडौँ, वैशाख १० : व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ पर्नुभएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहनुभएका गोल्छालाई बिहीबार साँझ पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नं. ८ बस्ने हुलासचन्द्र गोल्छाको छोरा शेखर गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि पक्राउ गरिएको हो । 

बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त हुन आएको मिति २०८३ वैशाख १० गते काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमतिलिइ काठमाडौँको नक्सालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोल्छा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । 

f7765ae3-8f74-4c54-a533-6dfbe9f5b409.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend