Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जिप दुर्घटना हुँदा बालिकाको निधन


सूचना कुण्ड
जिप दुर्घटना हुँदा बालिकाको निधन

प्यूठान, बैशाख १० : स्वर्गद्वारी जाने भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा एकजना बालिकाको ज्यान गएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जिप दुर्घटनामा ३ वर्षीया काब्या मौरीको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले बताउनुभयो । घाइते १७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको उहाँले जानकारी दिनुभयो।

मुस्ताङ जिप आफै अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend