Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अदालतको फैसलालाई हार–जितको रूपमा नलिन सभापति थापाको आग्रह


सूचना कुण्ड
अदालतको फैसलालाई हार–जितको रूपमा नलिन सभापति थापाको आग्रह

काठमाडौँ, वैशाख ५  : नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ मार्गप्रशस्त गरेको बताउनुभएको छ । अदालतको फैसलापछि विज्ञप्ति जारी गर्दै सभापति थापाले  यो निर्णयलाई हार–जितको रूपमा नलिन आग्रह गर्दै यसले पार्टीलाई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासमा हिँडाउन मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।

 उहाँले भन्नुभएको छ, "सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ । यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।"

पार्टीभित्रको आन्तरिक विवाद र कानुनी निरूपणपछि अब सबैको ध्यान पार्टी एकतामा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । सभापतिको हैसियतले पार्टीलाई एकढिक्का बनाएर लैजाने मुख्य जिम्मेवारी आफ्नै भएको स्वीकार गर्दै उहाँले देश तथा विदेशमा रहेका पार्टीका सम्पूर्ण सदस्य एवं शुभेच्छुकलाई सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।

महाधिवेशनमा केन्द्रित हुन आग्रह पार्टीको आगामी १५ औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको सन्दर्भमा सभापति थापाले यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । अग्रजहरूको योगदानको कदर गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने पार्टी निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ ।

"समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ," थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । पार्टी पुनर्जागरणका लागि आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउँदै उहाँले एकताका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend