Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

संसदीय समिति सभापति चयन


सूचना कुण्ड
संसदीय समिति सभापति चयन

काठमाडौँ, वैशाख ४ : संघीय संसद्अन्तर्गतका विभिन्न १२ वटा संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभा र संयुक्त समिति सभापति शुक्रबार निर्वाचित भए लगत्तै पद तथा गोपनीयताको शपथ भएको हो । 

संसदीय समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ सिंहदरबारस्थित लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालसमक्ष लिनुभएको हो । शपथ समारोहमा उपसभापति रुविकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम लगायतको उपस्थिति थियो । 

कानुन, न्याय तथा मानवअधिकार समितिः समिक्षा वास्कोटा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिः अशोक चौधरी

पूर्वाधार विकास समितिः आशिष गजुरेल

महिला तथा सामाजिक मामिला समितिः आकृती अवस्थी

राज्य व्यवस्था तथा सुशासन समितिः हरि ढकाल

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः डा. ओजस्वी शेरचन

सार्वजनिक लेखा समितिः भरत खड्का

संसदीय सुनुवाइ समिति (संयुक्त) : वोधनारायण श्रेष्ठ

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) : गणेश कार्की


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend