Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा


सूचना कुण्ड
स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा

काठमाडौँ, बैशाख ४ : स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) र अन्तरङ्ग सेवा (भर्ना भएका बिरामीको उपचार) भने २४ सै घण्टा सुचारु रहने छ ।

विज्ञप्तिमा “मन्त्रिपरिषद्को निर्णयनुसार २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार  दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै  बिरामीको निरन्तर हेरचाह सुनिश्चित  गर्न, सरकारको  हप्तामा दुई दिन सार्वजनिक  बिदा को नीति अनुरूप आइतबारका पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरङ्ग र आकस्मिक सेवाहरू सधैझै २४ घण्टा सुचारु रहने जानकारी गराइन्छ ।”

उल्लेख छ मन्त्रालयले बिदाको दिनमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्स  हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

साथै सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण वेबसाइट तथा सूचनापटीमार्फत  प्रवाह गर्नुपर्नेछ भने स्वास्थ्य मन्त्रालयको अस्पताल सुधार कार्यविधि २०८२ को पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लगिने मन्त्रालयले प्रतिबद्धता जनाएको छ । 

 यसअघि सरकारले चैत २२ गते मन्त्रिपरिषद् निर्णय गर्दै शनिबार र आइतबार गरि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि मन्त्रालयले स्वास्थ्य संस्थामा शनिबारमात्रै बिदा दिन निर्देशन दिएको थियो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend