Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘बागमती स्विट्स’ मा किरा परेको बदाम भेटियो, उत्पादन र बिक्रीमा रोक


सूचना कुण्ड
‘बागमती स्विट्स’ मा किरा परेको बदाम भेटियो, उत्पादन र बिक्रीमा रोक

काठमाडौँ वैशाख १ : खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएपछि काठमाडौं-११, त्रिपुरेश्वरमा रहेको बागमती स्विट्स प्रालिको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको संयुक्त अनुगमनका क्रममा सोमबार सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि कानुन अनुसार विभागले उत्पादन रोक्का गरी कारबाही अघि बढाएको हो ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ सन्तोषजनक नपाइएको, फोहोर व्यवस्थापन कमजोर रहेको तथा ड्राइफ्रुट्स प्याकमा प्रयोगका लागि राखिएको बदाममा कीरा लागेको भेटिएको थियो। विभागले उद्योगलाई देखिएको  किरा लागेको बदाम जफत गरी नष्टसमेत गरेको थियो। 

अनुगमनपछि विभागले अर्को आदेश नभएसम्मका लागि उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन र कमजोरी सुधार गरी प्रमाणसहित ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

थप अनुसन्धानका लागि बदाम तथा ड्राइफ्रुट्स मिक्सको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागकी प्रवक्ता शर्माले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend