काठमाडौँ, चैत २८ :वाग्मती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ । चैत २७ प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयबाट नयाँ भाडादर कायम गरिएको हो ।
नयाँ भाडादर आजदेखि लागु गरिएको छ । योसँगै अब काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा न्यूनतम २४ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । पाँच किलोमिटरसम्म दूरीका निम्ति २४ रुपैयाँ भाडा कायम गरिएको हो । पाँच किलोमिटरसम्मको भाडा यसअघि १९ रुपैयाँ थियो ।
१० किलोमिटरसम्म ३३ रुपैयाँ भाडा निर्धारण गरिएको छ । १५ किलोमिटरसम्म ३९ रुपैयाँ भाडा कायम गरिएको प्रदेश राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
यस्तै, २० किलोमिटरसम्म ४४ रुपैयाँ भाडा निर्धारण गरिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका निम्ति ५० रुपैयाँ भाडा कायम गरिएको छ ।
काठमाडौं । वाग्मती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ । शुक्रबार (चैत २७) प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयबाट नयाँ भाडादर कायम गरिएको हो ।
नयाँ भाडादर शनिबार (चैत २८)देखि लागु गरिएको छ । योसँगै अब काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा न्यूनतम २४ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । पाँच किलोमिटरसम्म दूरीका निम्ति २४ रुपैयाँ भाडा कायम गरिएको हो । पाँच किलोमिटरसम्मको भाडा यसअघि १९ रुपैयाँ थियो ।
१० किलोमिटरसम्म ३३ रुपैयाँ भाडा निर्धारण गरिएको छ । १५ किलोमिटरसम्म ३९ रुपैयाँ भाडा कायम गरिएको प्रदेश राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
यस्तै, २० किलोमिटरसम्म ४४ रुपैयाँ भाडा निर्धारण गरिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका निम्ति ५० रुपैयाँ भाडा कायम गरिएको छ ।“विद्युतीयमाध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधनको हकमा २०७९।०१।०१ देखि लागु गरिएको भाडादर नै यथावत् राखिने,” सूचनामा भनिएको छ ।
