Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आइतबार ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


सूचना कुण्ड
आइतबार ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, चैत २७ :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पताल र सम्बन्धित निकायलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु गरेसँगै मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । 

मन्त्रिपरिषद्को निर्णयअनुसार चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचनापछि लागु भएको नयाँ बिदा व्यवस्थाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले विशेष कार्ययोजना अघि सारेको जनाएको छ।

मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

कर्मचारी व्यवस्थापनतर्फ भने हप्तामा शनिबार बाहेक अर्को एक दिन बिदा दिने व्यवस्था गरिने छ। यदि सो अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराइने व्यवस्था गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

यसैगरी, उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागु गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend