Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

श्रम संस्कृति पार्टीका सांसद ठाकुर उपसभामुख पदमा निर्वाचित


सूचना कुण्ड
श्रम संस्कृति पार्टीका सांसद  ठाकुर उपसभामुख पदमा निर्वाचित

काठमाडौँ, चैत २७ : श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । 

उहाँले प्रतिनिधिसभाका कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभयो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाले पाँच मत पाउनुभयो । रुबी कुमारीलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका हुन् । नेकपा (एमाले) भने उपसभामुखको निर्वाचनमा तटस्थ रह्यो । सदनमा  भएको मत विभाजनको प्रक्रियामा २२ सांसद उपस्थित हुनुहुन्थ्यो । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्नुहुँदै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित हुनुभएको जानकारी गराउनुभयो ।  

उपसभामुख निर्वाचित रुबीका बुवाको नाम सोगराथ ठाकुर र आमाको नाम रेणु ठाकुर हो ।

उहाँको बुवा सोगराथ ईट्टाभट्टमा काम गर्दै आउनुभएको थियो भने हाल उहाँ वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा हुनुहुन्छ । उहाँको आमा गृहिणी एवम् किसान हुनुहुन्छ । 

२५ वर्षीया उपसभामुख ठाकुरले  २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट माद्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको हो । उहाँले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको छ । पढाइ सकेपछि उहाँ आर्किटेचर कन्सल्टेन्सीमा काम गर्दै आउनुभएको थियो । 

जेनजी आन्दोलन पश्चात् उहाँ श्रम संस्कृति पार्टीमा जोडिन पुग्नुभएको थियो । उहाँ श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend