Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

उपसभामुख पदको निर्वाचन आगामी चैत २७ मा


सूचना कुण्ड
उपसभामुख पदको निर्वाचन आगामी चैत २७ मा

काठमाडौँ, चैत २५ : प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका लागि मिति तोक्नुभएको हो ।

सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन समेत दिनुभयो ।

सङ्घीय संसद् सचिवालयले निर्वाचनको विस्तृत कार्यतालिका आजै सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ सरकार गठन र सभामुखको निर्वाचनपछि रिक्त रहेको उपसभामुख चयन प्रक्रिया अघि बढेको हो । चैत २७ गते हुने मतदान प्रक्रियाबाट प्रतिनिधि सभाले नयाँ उपसभामुख चयन गर्ने छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend