काठमाडौँ, चैत २४ :राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष लीला कुमारी भण्डारीलाई शपथ ग्रहण गराउनु भयो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, मन्त्रीहरू, सांसद, संवैधानिक निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
