Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘सभामुखमा अर्याल निर्विरोध’


सूचना कुण्ड
‘सभामुखमा अर्याल निर्विरोध’

काठमाडौँ, चैत २० : प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता गर्ने निर्धारित समयभित्र अर्यालको मात्र प्रस्ताव परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुहुने निश्चित भएको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सो अवधिमा अर्यालको तर्फबाट मात्र उम्मेदवारी परेपछि उहाँ संसद्को नेतृत्व गर्ने तयारीमा पुग्नुभएको छ ।

चैत २२ गते औपचारिक घोषणा

संसद्का प्रवक्ता एकराम गिरीका अनुसार, चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेस गरिने कार्यसूची रहेको छ । बैठकमा प्रस्तावक र समर्थकले आफ्नो धारणा राखेपछि अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । 

प्रवक्ता गिरीले भन्नुभयो, "निर्वाचित घोषणा भएलगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने छ र त्यसपछिको बैठक सञ्चालनको जिम्मेवारी सम्हाल्नुहुने छ ।"

विगत केही समयदेखि सभामुख पद रिक्त रहँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ । नयाँ सभामुख चयन भएसँगै संसद्ले पूर्णकालीन नेतृत्व पाउने भएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend