Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आन्तरिक उडानहरूको भाडादरमा व्यापक वृद्धि


सूचना कुण्ड
आन्तरिक उडानहरूको भाडादरमा व्यापक वृद्धि

काठमाडौं,  चैत १८ : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक उडानहरूको भाडादरमा व्यापक वृद्धि गरिएको छ ।

नयाँ भाडादर अनुसार, विभिन्न गन्तव्यमा यात्रुले अब पहिलेभन्दा दोब्बर बढी रकम तिर्नुपर्ने भएको छ । आयल निगमले इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीहरूले ‘फ्युल सरचार्ज’ समायोजन गर्दै नयाँ भाडादर लागु गरेका हुन् ।

नयाँ दरअनुसार, काठमाडौंबाट माउन्टेन फ्लाइट उडानको अधिकतम भाडा करिब १८ हजार २६ रुपैयाँ पुगेको छ । त्यस्तै, काठमाडौं–भद्रपुर रुटमा अधिकतम भाडा १५ हजार ८३७ रुपैयाँ पुगेको छ । काठमाडौं–विराटनगरमा १२ हजार ७६५ रुपैयाँसम्म पुगेको छ । काठमाडौं–पोखरा उडानको अधिकतम भाडा आठ हजार ६०५ रुपैयाँ पुगेको छ भने काठमाडौं–भैरहवा रुटमा ११ हजार १६ रुपैयाँसम्म पुगेको छ ।

श्चिम तथा सुदूर क्षेत्रतर्फ जाने उडानहरूमा झनै उच्च वृद्धि देखिएको छ । काठमाडौं–नेपालगञ्ज उडानको अधिकतम भाडा करिब १७ हजार १४८ रुपैयाँ पुगेको छ भने काठमाडौं–धनगढी रुटमा अधिकतम भाडा करिब २३ हजार ५९ रुपैयाँ पुगेको छ । त्यस्तै, काठमाडौं–तुम्लिङटार रुटमा करिब  नौ हजार ९२० रुपैयाँ तथा काठमाडौं–राजविराज रुटमा करिब १० हजार ७५० रुपैयाँसम्म भाडा पुगेको छ ।

पोखराबाट सञ्चालन हुने उडानहरूमा पनि भाडादर वृद्धि गरिएको छ । पोखरा–विराटनगर रुटमा अधिकतम भाडा करिब १८ हजार ६७६ रुपैयाँ पुगेको छ भने पोखरा–नेपालगञ्जमा १२ हजार ६१३ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, पोखरा–जनकपुर १३ हजार ८२५ रुपैयाँ र पोखरा–भैरहवामा सात हजार ८१ रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ ।

न्यूनतम भाडादर (लोअर लिमिट) मा पनि वृद्धि देखिएको छ । अधिकांश रुटमा न्यूनतम भाडा तीन हजार तीनसय रुपैयाँदेखि ११ हजाररुपैयाँ बढी पुगेको छ ।

वायुसेवा सञ्चालकहरूका अनुसार, हवाई इन्धनको मूल्य झण्डै दोब्बरले बढेकाले भाडादर समायोजन अपरिहार्य भएको हो । इन्धन मूल्यमा हुने उतारचढावअनुसार आगामी दिनमा पनि भाडादर समायोजन हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend