Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

संसद् लोकतन्त्रको मूल आधार


सूचना कुण्ड
संसद् लोकतन्त्रको मूल आधार

काठमाडौँ, चैत ११ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार सिंहदरबारस्थित संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गर्नुभएको छ । अवलोकनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद् लोकतन्त्रको मूल आधार भएको बताउनुभयो ।

संसद्‌मा आउने विभिन्न विचारको संयोजन गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिँदै केसीले संसद् सञ्चालनमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । "लोकतन्त्रको मूल आधार थलोका रूपमा रहेको संसद्‌मा भिन्न विचार आउँछन्, तिनलाई संयोजन गरेर सहमतिपूर्ण ढङ्गले निष्कर्ष निकाल्नुपर्ने हुन्छ," उहाँले भन्नुभयो ।

ज्येष्ठ सदस्यका रूपमा आफू रक्षक भएर जनप्रतिनिधिको विशेषाधिकार रक्षाका लागि भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, "म जति समय रहन्छु, संसद्को रक्षकका रूपमा र जनप्रतिनिधिको विशेषाधिकारको रक्षा गर्ने गरी भूमिका निर्वाह गर्नेछु ।"

यसअघि बुधबार नै उहाँले ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संसद्‌मा नयाँ सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend