Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

असिनासहित वर्षा : जनजीवन प्रभावितत, तरकारी खेतीमा सामान्य क्षति


सूचना कुण्ड
असिनासहित   वर्षा : जनजीवन प्रभावितत, तरकारी खेतीमा सामान्य क्षति

काठमाडौँ, चैत ६ : काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा शुक्रवार मुसलधारे वर्षा भएको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हावाहुरी, चट्याङ र असिनासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाका कारण काठमाडौँ उपत्यकासहित बुटवल, अर्घाखाँची, ओखलढुङ्गा लगायतका क्षेत्रमा दिउँसै अन्धकार छाएको थियो भने जनजीवन केही समय अस्तव्यस्त बनेको  छ । मौसमविद्का अनुसार कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा वागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

महाशाखाले कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै यसअघि नै सतर्कता अपनाउन अनुरोध गरेको थियो । लामो समयदेखिको सुक्खापन र बढ्दो वायुप्रदूषणलाई यो वर्षाले कम गराएको छ । धुलो र तुवाँलो हटेपछि वायुमण्डल सफा देखिएको छ भने हिउँदे बाली र लगाउने तयारीमा रहेका बर्खे बालीका लागि यो वर्षाले राहत पुर्‍याएको छ ।

वर्षासँगै आएको हावाहुरी र असिनाले कतिपय स्थानमा फलफूल र तरकारी खेतीमा सामान्य क्षति पुर्‍याएको विवरण समेत प्राप्त भएका छन् । मौसममा आएको यो परिवर्तन अझै केही समय कायम रहने अनुमान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend