Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाइँदै , संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया सुरु


सूचना कुण्ड
राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाइँदै ,     संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया सुरु

काठमाडौँ, चैत ५ :  निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो ।  निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम बिहीबार अपराह्न ४ बजे राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयो । “हामीले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फका सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रम राखेका छौँ । त्यसपछि अपराह्न ४ बजे राष्ट्रपतिज्यूलाई निर्वाचन परिणाम बुझाउने छौँ,” उहाँले भन्नुभयो, “त्यसपछि अपराह्न साढे ५ बजे पत्रकार सम्मेलन गरेर विस्तृत रूपमा बताउने छौँ ।” 

आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया सुरु हुने छ ।

Ghode jatra.jpg

फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष १२५ सिट र समानुपातिक ५७ सिटसहित कुल १८२ सिटसहित पहिलो दलका रूपमा उदाएको छ ।

नेपाली कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटसहित कुल ३८ सिट ल्याएर दोस्रो दल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रत्यक्षमा नौ सिट र समानुपातिकमा १६ सिट ल्याएर कुल २५ सिटसहित तेस्रो दल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षमा आठ सिट र समानुपातिकमा नौ सिट ल्याएर कुल १७ सिटसहित चौथो दल, श्रम संस्कृति पार्टी कुल सात सिट ल्याएर पाँचौँ दल र राष्ट्रिय प्रजातन्त्र पार्टी कुल पाँच सिट पाएर छैटौँ दल हुन पुगेको छ ।  निर्वाचनबाट राष्ट्रिय दलका रूपमा छ पार्टी मात्रै हुने भएका छन् ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend