Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

फागुन ७ गते पनि नियमित खोप अभियान जारी रहन्छ तर फागुन २१ गतेका सट्टामा फागुन २२ गते खोप लगाइने छ : चन्द्रागिरि नगरपालिका,जनस्वास्थ्य शाखा


सूचना कुण्ड
फागुन ७ गते पनि नियमित    खोप अभियान जारी रहन्छ तर फागुन २१ गतेका सट्टामा फागुन २२ गते खोप लगाइने छ :  चन्द्रागिरि नगरपालिका,जनस्वास्थ्य शाखा

काठमाडौँ, फागुन ६ : चन्द्रागिरि गरपालिकाले यही फागुन ७ गते  पनि नियमिति  खोप अभियान जारी रहने र फागुन २१ गतेका सट्टामा फागुन २२ गते खोप लगाइने जनाएको छ ।

नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत  शुम्भुकुमार महतोले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक विदा  भएपनि नियमित  खोप अभियान जारी रहने  तर फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन दिनका सट्टामा फागुन २२ गते खोप लगाइने जानकारी दिनुभयो । 

notice.jpg
undefined

गत माघ २७ गतेदेखि चन्द्रागिरि नगरपालिकामा कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई  पाठेघरको मुखको क्यान्सरविरुद्धको  ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) एचपिभीखोप  लगाउन थालिएको छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य किशोरीलाई खोप केन्द्रमा एचपिभी खोप लगाइने छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले एचपिभी खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभयो ।

notice.jpg

नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।

–––


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend