काठमाडौँ, माघ २५ : चन्द्रागिरि नगरपालिकाले यही माघ २७ गतेदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शुम्भुकुमार महतोले कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने जानकारी दिनुभयो । यस्तो छ खोप अभियान सञ्चालन हुने तालिका :

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य किशोरीलाई खोप केन्द्रमा एचपिभी खोप लगाइने छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप शतप्रतिशत प्रभावकारी रहेकाले खोप लगाउन सबैलाई आग्रह गर्नुभयो ।
नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ । –––
