Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आज काठमाडौंमा वर्षा हुने सम्भावना छैन


सूचना कुण्ड
आज काठमाडौंमा वर्षा हुने सम्भावना छैन

काठमाडौं , माघ२१ :देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । तराईमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । 

बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियसम्म पुग्नेछ । 

मौसमविद् विभूति पोखरेलले भन्नुभयो, “तराईमा बिहान हुस्सु र कुहिरो लागेको छ, यो मध्याह्नपछि हट्दै जानेछ। ”  दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । तर, मध्याह्नपछि हट्नेछ । 
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

काठमाडौंमा भने वर्षाको सम्भावना नरहेको मौसमविद् पोखरेलले दिनुभयो । “हिजो काठमाडौंमा वर्षा हुन्छ कि भन्ने थियो, तर भएन,” उहाँले भन्नुभयो,, “आज काठमाडौंमा वर्षा हुने सम्भावना छैन ।”  विभागले राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना  छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । तर, यो कमजोर भइसकेको छ । वर्षा गराउने प्रणाली मंगलबार साँझबाट नै कमजोर भइसकेको मौसमविद् पोखरेलको भनाइ छ । “अब क्रमशः तापक्रम बढ्दै जानेछ । तापक्रम बढ्दै गएर जाडो कम हुँदै जानेछ,” मौसमविद् पोखरेलले भन्नुभयो, , “अब यो वर्षको हालसम्मको न्यून तापक्रमभन्दा कम हुने सम्भावना छैन ।” 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend