Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एलपी ग्यासको अभाव छैन : आयल निगम


सूचना कुण्ड
एलपी ग्यासको अभाव छैन :  आयल निगम

काठमाडौं ,माघ १९ :  पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव भएको समाचार र उपभोक्ताको गुनासोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमका अनुसार इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातका लागि देशभरका उद्योगीलाई मासिक रूपमा उपलब्ध गराइने कोटा ४९ हजार ५०० मेट्रिकटन रहेको छ । सोहीअनुसार नोभेम्बर २०२५ मा ४७ हजार २६४ मेट्रिकटन, डिसेम्बर २०२५ मा ४८ हजार ५३१ मेट्रिकटन र जनवरी २०२६ मा ४७ हजार ३०४ मेट्रिकटन ग्यास आयात भई आम उपभोक्तामाझ बिक्री–वितरण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार आयात गरिएको उक्त परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको छ । तर, हाल बजारमा केही एकाध उद्योगका ग्यास सिलिन्डरमा अभाव देखिएकाले ती उद्योगलाई आपूर्ति सहज बनाउन निर्देशन दिइसकिएको र केही समयभित्रै बजार सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरिएको छ ।

बजारमा एलपी ग्यासको वर्तमान अवस्था र आसन्न निर्वाचनलाई समेत मध्यनजर गर्दै निगमले फेब्रुअरी २०२६ का लागि साविकको कोटामा थप दुई हजार मेट्रिकटन ग्यास आयात गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ । सो परिमाण इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न उद्योगअनुसारको कोटा पठाइसकिएको निगमको भनाइ छ ।

निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न समेत अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend