Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विराटनगरविरुद्ध दोस्रो क्वालिफायरमा लुम्बिनीको भेट पक्का, काठमाण्डू बाहिरियो


सूचना कुण्ड
विराटनगरविरुद्ध दोस्रो क्वालिफायरमा लुम्बिनीको भेट पक्का, काठमाण्डू बाहिरियो

काठमाडौँ, मङ्सिर २४ :  नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । 

टस जितेर सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले ६ विकेटको क्षतिमा १७ ओभरमा ४ बलमा पूरा गरेको हो । लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ३३ रन बनाउनुभयो । सन्दीप जोराले २३ रन जोड्दा कप्तान रोहित पौडेलले १८ र निरोशन डीक्वेलाले १४ रन बनाउनुभयो  ।

काठमाण्डुका लागि सन्तोष यादवले दुई विकेट लिँदा करण केसी, साहब आलम, राशिद खान र सन्नी पट्टेलले एकएक विकेट हात पार्नुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरका सबै विकटको क्षतिमा एक सय ११ रन बनाएको थियो । 

पावर प्लेमै चार विकेट गुमाएको काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै जोन सम्पसन र मोहमद आदिल आलमले १८–१८ र भिम सार्कीले १४ रन बनाउनुभयो । 

काठमान्डुलाई धरासायी बनाउन बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन तीन विकेट लिनुभयो । रुवेन ट्रम्पलम्यानले दुई तथा अविनाश गौतमले एक विकेट लिनुभयो । 

यो जितसँगै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । काठमाण्डु भने यो हारसँगै बाहिरिएको छ । अब लुम्बिनीले दोस्रो क्वालिफायरमा बिहीबार पहिलो क्वालिफायरमा पराजित भएको विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । 

पहिलो क्वालिफायर विजेता सुदूरपश्चिमले फाइनलमा स्थान बनाइसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । 

लिग चरणको खेलपछि काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेको थियो। लिग चरणको खेलमा काठमान्डु लुम्बिनीलाई २२ रनले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend