काठमाडौँ,असोज २० ः राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम अगामी कात्तिक २० र २१ गते सञ्चालन हुने भएको छ ।
हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको सो कार्यक्रम यस पटक ती दिनमा लक्ष्मी पूजा परेकाले सो कार्यक्रम सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले जनाएको छ ।

