Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

वीरगन्ज मा ७६ जना हैजा सङ्क्रमित उपचार गराउँदै


सूचना कुण्ड
वीरगन्ज मा ७६ जना  हैजा सङ्क्रमित उपचार गराउँदै

वीरगन्ज, भदौ ११ : वीरगन्जमा गएको शुक्रबार साँझ पुष्टि भएको हैजाको सङ्क्रमण बुधबार बिहान १० बजेसम्म आइपुग्दा जम्मा सङक्रमित एक सय १५ जना मध्येबाट ३९ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने अझै ७६ जना सङ्क्रमित विभिन्न अस्पतालमा उपचाररत छन्।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले उपलब्ध गराउनु भएको तथ्याङ्क अनुसार हैजाका नयाँ सङ्क्रमितको सङ्ख्या केही कम भएको देखिन्छ। आइतबार २९ जना, सोमबार २२ जना र मङ्गलबार २१ जना झाडा पखाला लागेर अस्पतालमा भर्ना भएका बिरामीमा हैजाको सङक्रमण पुष्टि भएको थियो। बुधबार बिहान १० बजेसम्म हैजा पुष्टि भएका एक जना बिरामी थपिएका छन्।

झाडा पखाला लागेका बिरामीहरू आइतबार ६५ जना, सोमबार ९६ जना, मङ्गलबार ६२ जना र बुधबार बिहान १० बजेसम्ममा ७१ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका थिए। झाडापखाला लागेर हालसम्म अस्पताल भर्ना भएका बिरामीको सङ्ख्या चार सय ९३ पुगेको छ भने उपचारपछि निको भएर घर फर्किने बिरामीको सङ्ख्या दुई सय २७ पुगेको छ।

नारायणी अस्पतालमा सबैभन्दा बढी झाडापखाला लागेका दुई सय २० बिरामी भर्ना भएर उपचार गराएकोमा २४ जना सङ्क्रमितसहित ७६ जना निको भएर घर फर्किएका छन्। त्यस्तैगरी तराई अस्पतालमा झाडापखाला लागेका ७३ बिरामी भर्ना भएर उपचार गराएकोमा १० सङ्क्रमितसहित २९ जना निको भएर घर फर्किएका छन्।

नेसनल मेडिकल कलेजमा उपचाररत ४३ जना बिरामीमध्ये दुई जना हैजा सङ्क्रमितसहित १८ जना निको भएर घर फर्किएका छन्। वीरगन्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर भर्ना भएका चार सय ९३ जना मध्ये एक सय १५ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। अहिले पनि ७६ जना हैजा पुष्टि भएका बिरामीसहित दुई सय ६६ जना बिरामीको उपचार भइरहेको छ। जसमा ३८ जना बिरामीको आइसियू र तीन जना बिरामीको एचडियू र दुई सय २५ जनाको वार्डमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend